धरान : नेपाली काँग्रेसका केन्द्रीय सदस्य निवर्तमान प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले नेकपा एमाले नेतृत्वको गठबन्धन जनताको बलिदानबाट प्राप्त व्यवस्था परिवर्तनको विरोधी रहेको आरोप लगाएका छन् । 
मंगलबार धरान-७ स्थित सत्तारुढ गठबन्धनले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका विश्वकर्माले देशमा गणतन्त्र आउनु भनेको बयलगाढा चढेर अमेरिका जानू जस्तै हो भन्ने एमाले अध्यक्ष केपी ओली, गणतन्त्र र धर्म निरपेक्षता विरोधी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनआन्दोलनमा हेलिकप्टरबाट जनतालाई गोली हान्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा, इसाई धर्मको प्रचारक परिबार दल र संविधानकै विरोधी, उग्र जातिबादि जसपाका अध्यक्ष उपेन्द्र यादव बिचको गठबन्धनले हाल संस्थागत रहेको व्यवस्था विरुद्ध नाङ्गोनाच देखाईरहेको बताए । 
उनले भन्ने एमाले नेतृत्वको गठबन्धनले आयोजना गर्ने चुनावी सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले देशमा पुर्न ज्ञानेन्द्र राजा ल्याउनु पर्छ भन्दा एमालेका अध्यक्ष ओलीले ताली बजाउनु पर्ने परिस्थिति रहेको बताए । "झापा ३ मा हिन्दु राष्ट्र ल्याउनु पर्छ भने लिङ्देनका लागि ओली भोट मागिराखेका छन्, गणतन्त्रकालागि आन्दोलनमा हुँदा ७ दल विरुद्ध हेलिकप्टरबाट बम खसाल्ने कमल थापालाई विजय गराउन एमालेले चुनाव चिन्ह उपहार दिएको छ" विश्वकर्माले भने । उनले  इसाई धर्मको प्रचारक परिवार दललाई एमाले बोकेको आरोप लगाए । 
तराईमा उग्ररुपमा जातिवाद फैलाउने र संविधान नै जलाउने जसपालाई एमाले बोकेको छ । व्यवस्था बिरुद्धको एमाले गठबन्धन भएकाले संविधानको रक्षाकोलागि खण्डा भएको काँग्रेस नेतृत्वको गठबन्धनलाई विजय गराउनु पर्नेमा विश्वकर्माले जोड दिएका थिए । केपी ओली नेतृत्वको तत्कालीन सरकार ६ अर्ब वाइडबडीमा र फोर जी नेटमा १२ अर्ब भ्रष्ट्राचार गरेको आरोप लगाए । 
उनले मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गठबन्धनको उम्मेदवार प्रतिनिधि सभामा माओवादीबाट मुक्सामहाङ मेन्याङ्बो (मुकेश), प्रदेशसभा १ मा काँग्रेसका उमेश थापा र प्रदेश सभा २ मा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राईलाई विजय गराउन आव्हान समेत गरेका थिए ।