चतरा : वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले नगर अस्पतालको फार्मेसी भवन निर्माणको शिलान्यास गरेका छन् । वराहक्षेत्र नगरपालिका वडा नं ६ मा रहेको अस्पताल भित्र निर्माण हुने ३ कोठे भवनको नगर प्रमुख कार्कीले सोमवार शिलान्यास गरेका हुन् । 
नगर अस्पतालको आन्तरिक स्रोतबाट निर्माण हुने भवन २१ लाख ५९ हजार ७ सय २७ रुपैयाँमा चक्र निर्माण सेवा निर्माणको जिम्मेवारी पाएको नगर अस्पतालको व्यवस्थापक मोहन सुबेदीले बताए । शिलान्यास भएको भवन २ महिना भित्र निर्माण हुने निर्माण कम्पनीका सञ्चालक दीपक कार्कीले बताए ।
गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने योजनालाई नगर प्रमुख कार्कीले प्राथमिकतामा राखेको बताए। नगर भित्र रहेका स्वास्थ्य संस्थाको विकास र सेवालाई गुणस्तरीय बनाउन नगरपालिकाले योजना बनाएर काम गरेको बताए । दक्ष जनशक्ति, भौतिक संरचना र प्रविधिलाई प्रयोग गरेर नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराइने नगर प्रमुख कार्कीको भनाई छ।