• रश्मि प्रधान
धरान : धरान-१२ चतरा लाइनमा रहेको धरान सिटी कलेजले खेलकुद सप्ताह आयोजना गरेको छ । वार्षिक रूपमा आयोजना गरिँदै आएकोखेलकुद कार्यक्रम अन्तर्गतको यस वर्ष पनि खेलकुद सप्ताह कार्यक्रम सञ्चालन गरेको खेलकुद संयोजक राजेशमान श्रेष्ठले जानकारी दिए ।
मङ्गलवारबाट सुरु भएको खेल सप्ताह अन्तर्गत, क्यारेमवोर्ड प्रतियोगिता, चेस प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, महिला चेस प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता सम्पन्न भइसकेको कलेजका प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतियोगिता अन्तर्गत क्यारेमवोर्ड छात्रातर्फ लक्ष्मी गुरुङ प्रथम वनेकी छन् भने सरु रम्तेल दोस्रो वनेकी छिन् । प्रीति राईले तेस्रो स्थान हात पारेकी थिइन ।
त्यस्तै क्यारेम वोर्ड प्रतियोगिताको छात्रतर्फ रिवाज कार्की प्रथम वनेका छन् भने सुजन भट्टराई दोस्रो वनेका छन् । प्रतियोगितामा धिरज लिम्बु तेस्रो भएका थिए ।
त्यसैगरी म्युजिकल चियरतर्फ प्रियङ्का श्रेष्ठले प्रथम स्थान हात पार्न सफल वनेकी थिइन भने यशोदा लिम्बुले दोस्रो स्थान पाएकी थिइन, पूजा राईले तेस्रो स्थान ल्याउन सफल वनेकी थिइन ।
त्यस्तै छात्रा तर्फको चेस प्रतियोगितामा गीता राईले प्रथम स्थान ल्याउन सफल वनेकी थिइन भने अप्सरा राई दोस्रो वनेकी थिइन तेस्रो स्थान हेमु लिम्बुले ल्याएकी थिइन । त्यसैगरी छात्रतर्फ रिवाज कार्कीले प्रथम स्थान ल्याउन सफल वनेका थिए । प्रतियोगितामा दिवस केवुहाङ लिम्बुले दोस्रो स्थान हात पारेका थिए भने प्रदिसान लिम्बु तेस्रो भएका थिए।
छात्रा टेबल टेनिसतर्फ प्रियङ्का श्रेष्ठ प्रथम,लक्ष्मी गुरुङ दोस्रो र मुना धिमाल तेस्रो वनेकी थिइन। छात्रतर्फको टेबल टेनिस प्रतियोगितामा गौरव होडाले प्रथम स्थान ल्याएका थिए भने नवीन कार्की दोस्रो भएका थिए । प्रतियोगितामा प्रथम हुने खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिने कलेजका उपाध्यक्ष तथा सिटी म्याराथन प्रतियोगिताका संयोजक राजेशमान श्रेष्ठले बताए । प्रतियोगिता अन्तर्गत वतृत्वकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, फुटसल प्रतियोगिता, गायन तथा नृत्य प्रतियोगिता र सिटी म्याराथुन प्रतियोगिता हुन बाँकी रहेको श्रेष्ठले जानकारी दिएका छन् ।
पुष ११ गते सोमवारका दिन सिटी म्याराथुन दौड प्रतियोगिता आयोजना गरिने र सो दौडमा ५ हजार ५ सय मिटर रहेको छ । जसमा छाता चोकबाट शुरुभई लक्ष्मी चोक जिरोप्याइन्ट, अमरहाट हुँदै पृथ्वी चोक, सिंहदेवी चोक, माछा भौडी, देशीलाईन, भानुचोक हुँदै छाता चोकमा पुगेर सकिने छ । विद्यार्थीहरूलाई पढाइका अतिरिक्त शारीरिक व्यायाम र शारीरिक तन्दुरुस्तीमा पनि जोड दिनका लागि खेलकुद प्रतियोगिताको आयोजना गरिएको संयोजक राजेशमान श्रेष्ठले जानकारी दिए । सप्ताहको समापन पुष १४ हुने कलेजका प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए ।