• रश्मि प्रधान
धरान : हिबिस्कस बोर्डिङ स्कुल इन्टर कलेज हाजिरी जवाफ प्रतियोगिताको द्वितीय विजेताको उपाधि हासिल गरेको छ । एक्सटेक इन्टर कलेज हाजिरी जवाफ पूर्वाञ्चल इन्जिनियर क्याम्पस, इलेकट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले मङ्गलवार आयोजना गरेको थियो ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेर धरान-१५ स्थित हिबिस्कस बोर्डिङका विद्यार्थीहरूले पुरस्कार स्वरूप नगद ३ हजार, प्रमाण पत्र र मायाको चिनो प्राप्त गरेको छ । प्रतियोगितामा स्कुलबाट प्लस टु साइन्सका  निशान तामाङ, सुजन श्रेष्ठ र कानुन सङ्कायबाट प्रकृति भट्टराईको टिम सहभागी थिए ।
धरानका ५ वटा कलेज प्रतियोगी रहेको हाजिरी जवाफमा यो हिबिस्कस बोडिङ स्कुलले हासिल गरेको थप सफलता हो । यस अघि स्कुलले आयोजना गरेको अन्तर धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा हिबिस्कस प्रथम भएको थियो । उक्त प्रतियोगितामा धरानका २८ वटा स्कुलहरू सहभागी थिए ।