धरान : 'प्रथम होलिल्याण्ड ३ बाई ३ रनिङ कप २०७९' बास्केटबल प्रतियोगीताको उपाधि धरान मेघा कलेज र धरान उच्च ए टिमले चुमेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा पुरुष तर्फ धरान मेघा कलेजले धरान उच्च रातोलाई १२ का विरुद्ध १५ स्कोर गर्दै उपाधि चुमेको हो । 
महिला तर्फ धरान उच्च ए ले होलिल्याण्ड ए लाई ४ को विरुद्ध ८ स्कोरले हराउँदै विजेताको उपाधि चुम्यो । यसअघि धरान उच्च ए धरान आदर्शलाई ४-१ को स्कोरमा हराउँदै फाइनलमा पुगेको थियो । धरान उच्च बी भने होलील्याण्ड ए सँग ३-६ पराजित भएपछि होलिल्याण्ड फाइनलमा पुगेको थियो । 
यसै शैक्षिक सत्र देखी प्लस टु सुरु गरेको होलील्याण्ड इन्टरनेशनल स्कुलले पहिलो पटक अन्तर विद्यालय बास्केटबल रनिङ कप प्रतियोगिता सुरु गरेको हो । प्रतियोगितामा कक्षा ८ देखी ११ सम्मका विद्यार्थीहरूको टिमहरू बिच प्रतिस्पर्धा भएको थियो । 
होलिल्याण्ड कलेजको धरान-९ स्थित नयाँ भवनमा आज आयोजित समापन समारोहमा वडा ९ का वडाध्यक्ष रुपेश आचार्य, होलिल्याण्ड कलेजका निर्देशक अर्जुन मेन्याङबो, प्लस टु संयोजक हेमराज हमाल, होलिल्याण्ड स्कुलका प्रधानाध्यापक राजकुमार लिम्बुले प्रतियोगिताका विजेता, उपविजेता लाई ट्रफि, मेडल नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका छन् । 
प्रतियोगीताको पुरुष तथा महिला विधाका विजेता समूहले नगद ४/४ हजार रुपया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता धरान उच्च रातो र होलिल्याण्ड ए ले नगद २/२ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । मस्ट भ्यालुएवल प्लेयर महिला खेलाडी धरान उच्च ए की दीक्षा लावती घोषित भइन । पुरुष खेलाडीमा धरान मेघा कलेजका पारुहाङ्ग लिम्बु मस्ट भ्यालुएवल घोषित भए । दुवैले मेडल र प्रमाण पत्र प्राप्त गरे । 
यसअघि प्रतियोगिताको पहिलो दिनको खेलमा धरान मेघा कलेज, होलील्याण्ड रातो लाई ६-२, होलील्याण्ड ए लाई १०-७ र धरान उच्च निलोलाई ९-८ ले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । यस्तै हिमशिखर बीले डिपो सेतोलाई ५-२, हिम शिखर ए लाई ४-१ र बिर्तामोड बी लाई ५-१ ले पराजित गरेको थियो । 
त्यस्तै धरान उच्च रातोले डिपीएस लाई १७-७, डिपो रेडलाई ४-२ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा पुग्नका लागि बिर्तामोड बीले होलील्याण्ड बीलाई ९-२, डिपो कालोलाई ५-४, के के इन्टरनेशनल बीलाई ८-३ र हिम शिखर बी लाई ५-१ ले पराजित गरेको थियो ।
महिला तर्फ धरान उच्च ए ले समिटलाई १०-१, के के स्कुललाई ५-१ हराएको थियो । धरान आदर्शले एक खेल वाक ओभर पाउँदै दोस्रो खेलमा डिपोलाई २-० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । धरान उच्च बीले केके बीलाई ६-० र चिल्ड्रेन एकेडेमीबाट वाक ओभर पाएको थियो । होलील्याण्ड स्कुल ए ले चिल्ड्रेन एकेडेमी बीलाई ५-४, होलील्याण्ड बीलाई २-० ले पराजित गर्दै आफ्नो स्थान पक्का गरेको थियो ।
holiland final dharan uchha