• रश्मि प्रधान
धरान : धरानको पुतलिलाईनमा तीन वर्ष अघि स्थापना भएको डिमान्डु ज्वाँई खानाले सांस्कृतिक एवम् मौलिक नेवारी परिकार र किराँती परिकार समेत उपलब्ध गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी नेवारी परिकार स्थ म्हिचा, चटामरी, यमरी, छोइला र मोलेको सुकुटी देखि किराँती परिकारहरूमा सेरगेम्वा, वाचिप्पा, मेखे, किनेमा, याङबेन फाक्सा नयाँ मेनुका पस्कने भएको छ ।
विगत लामो समय देखि परम्परागत खानालाई घरमा पकाएको जस्तै अर्ग्यानिक शैलीमा पकाएर ज्वाँईलाई जस्तै सत्कार तथा मेजमान गरी खाना खुवाउने परिकल्पनाका साथ ज्वाँई खानाको स्थापना गरिएको सञ्चालक हरि श्रेष्ठले जानकारी दिए । 
स्थापनाकाल देखि नै ज्वाँई साहेब, ज्वाँई नारायण, ज्वाँई राजा, ज्वाँई महाराजा, ज्वाँई महाराजा स्पेसल खाना र ज्वाँई खाजा सेट (भेज र ननभेज) गरी ६ प्रकारका खाना एवम् ढिँडो सेट र खाजा पस्कँदै आइरहेको र चाँडै नै अन्य परिकारपनी ज्वाइँ खाना डिमान्डुमा उपलब्ध गराइने सञ्चालक श्रेष्ठले बताए ।
होटलहरुमा खानालाई मिठो बनाउन अजिना हाली कृत्रिम स्वाद भएको अस्वास्थ्यकर खाना पस्कने तथा खाना कम खुवाउने उद्देश्यले सोडा हालेर पकाउने गरेको तर ज्वाईखानामा भने मौलिक स्वादको परिकार पस्कने गरेको सञ्चालक श्रेष्ठले बताएका छन् ।
dmandu-menu