• रश्मि प्रधान
धरान : नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ १ नम्बर प्रदेशको प्रथम अधिवेशन धरानमा सम्पन्न भएको छ। आइतबार भएको प्रथम अधिवेशनबाट बिसन शाक्यको अध्यक्षतामा १९ सदस्य कार्यसमिति गठन भएको छ ।
अधिवेशनको उद्घाटन प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभूषणका केन्द्रीय उपाध्यक्ष अमरनाथ गुप्ताले गरेका थिए । केन्द्रीय उपाध्यक्ष गुप्ताले राज्यले सुनचाँदी व्यवसायिहरुबाट अरबौँ राजश्व सङ्कलन गरे पनि राज्यको स्पष्ट नीति नियम र विधि तय नभएकोले २२ हजार व्यापारी, २ लाख भन्दा बढी मजदुर १० लाख आश्रित परिवार धरापमा परेको बताए । देशको आर्थिक अवस्था कमजोर रहेकोले अमेरिकन डलर सञ्चित दर घटेकाले र व्यवसायीहरू धरापमा परेको प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष गुप्ताले बताए।
कार्यक्रममा विशेष अतिथि रहेका केन्द्रीय सचिव विमल धमलाले उपत्यका बाहिर रहेका व्यवसायीहरू मारमा परेको भन्दै पेसा व्यवसायीहरू लागिपरेर केन्द्रबाट पाउने सेवा सुविधा र सहयोग प्रदेशबाट नै पाउने गरी द्रुतगतिमा कार्य गर्न आग्रह गर्दै  व्यवसायीहरू एकजुट भएर राज्यको उच्च निकायलाई घचघच्याएर काठमान्डुबाट ल्याइने सुनको कोटा प्रदेशबाटै पाउने माग गर्न प्रदेश समितिलाई आग्रह गरे ।
कार्यक्रमका विशेष अतिथि सुनसरि उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले विश्वभर फैलिएको कोरोना महामारीको कारण विश्व अर्थतन्त्र सकट्मा परेको भन्दै सुन व्यवसायी एकजुट भएर अर्थतन्त्र सुदृढ बनाउन लागि पर्न आवश्यक रहेको बताए ।
२०६९सालमा स्थापना भएको संस्था नेपाल सुनचाँदी रत्न आभूषण महासङ्घको संस्थापक अध्यक्ष स्व.रमेश महर्जनले २१ वटा सङ्घ मिलाएर नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको स्थापना गरेका थिए ।
प्रदेश कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र विश्वकर्मा, महासचिव प्रेम लकान्द्री, सचिव गणेश कुमार विश्वकर्मा, कोषाध्यक्ष दुर्गा विश्वकर्मा, सद्स्यहरु गणेश बिक, टेक बहादुर याङ्देन, गङ्गाराम शकर, राम बिक, शकर ल्वागुन, रमेश घिमिरे, त्रीभुनाथ फुयाँल, नवीन मेन्याङ्बो, राजन कुमार बिक, लाल बा रहपाल, प्रदीप गहतराज, बाल कुमार शकर, प्रतिमा श्रेष्ठ रहेका छन् ।