चतरा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले वर्तमान अवस्थाको नेपाली राजनीति नेपाली काङ्ग्रेसकै वरवर घुमेकी जिकिर गरेका छन् । निवर्तमान सरकारका प्रवक्ता समेत रहेका कार्कीले केही समय पश्चात् नेपाली काङ्ग्रेसकै नेतृत्वमा सरकार समेत बन्ने दाबी गरेका छन् ।
चक्रघट्टिमा मङ्गलवार नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै कार्की भन्ने जनताले नेपाली काँग्रेसलाई ठुलो पार्टी बनाएर सरकार चलाउने जनादेश दिएकाले केही समय पश्चात् काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । 
सरकारमा भए पनि नभए पनि काँग्रेस सधैँ जनता र कार्यक्रतासंगै रहेकाले वर्तमान अवस्थामा कार्यकर्ताहरूलाई विचलित नहुन कार्कीले आग्रह समेत गरेका थिए । नेपाली काँग्रेसलाई ठुलो दल बनाउन सभापति शेरबहादुर देउवा सफल भएको बताउँदै काँग्रेसको अव लक्ष्य देशको आर्थिक समृद्धि नै रहेको बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका वराहक्षेत्रका सभापति तथा नगर प्रमुख रमेश कार्कीले आफू नगरवासीलाई स्थानीय सरकारको महसुस गराउने गरी काम गर्ने गरेको बताए । शिक्षा, स्वास्थ्य, यातायात  लगाएको सुधारमा लागि परेको बताउँदै नगर प्रमुख कार्कीले जनताको सुख दुखमा सधैँ साथमा रहने बताए । वराहक्षेत्रको विकास र परिवर्तनका लागि परेको र नगरवासीको शिर झुक्ने कुनै काम नगर्ने नगर प्रमुख कार्कीले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
नेपाली कार्यक्रम नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभामा सुनसरी ४ बाट विजयी ज्ञानेन्द्र बहादुर कार्की, प्रदेश सभा १ बाट निर्वाचित सदान्नद मण्डल, प्रदेश सभा २ बाट निर्वाचित हाजी इस्राईल मन्सुरी र प्रदेश सभा सदस्यमा समानुपातिकबाट निर्वाचित ममता तामाङ मगरलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 
कार्यक्रममा महाधिवेशन प्रतिनिधि दिनेश जङ्ग बस्नेत, सुशीला खनाल, रेबतीरमण दुलाल, क्षेत्र नं ४ सभापति तथा कोसी गाउँपालिका सभापति एयुब अन्सारी, प्रदेश सभा १ बाट निर्वाचित सदान्नद मण्डल र प्रदेश सभा २ बाट निर्वाचित हाजी इस्राईल मन्सुरी शुभकामना मन्तव्य राखेका थिए । नगर सचिव प्रतीक राईले सञ्चालन गरेको कार्यक्रम उपसभापति युवराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।