वराहक्षेत्र : शनिवारदेखि वराहक्षेत्र नगरपालिका वडा नं.११ मधुवनमा सुरु भएको दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाञ्चायन फुटबल क्लब रामधुनि विजयी भएको छ।
ब्रर्दश एफसी उदयपुरलाई शून्यको विरुद्ध पाँच गोलको अन्तरले पराजित गर्दै पाञ्चायन सेमिफाइनलमा प्रवेश गरेको हो। गोलको वर्षा गराएको पाञ्चायनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेको थियो । जर्सी नं.११ का पुष्कर माझिले पहिलो गोल गरेका थिए । 
एकतर्फी बनेको खेलको १५ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरीले गोल गरेका थिए । खेलको १७ औँ मिनेटमा जर्सी नं. २३ का सन्दीप लिम्बू, खेलको १९ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरी र दोस्रो हाफको २८ औँ मिनेटमा जर्सी नं २ विजय राईले गोल गर्दै पाञ्चायनले खेलमा सहज जित निकालेको थियो ।
हाम्रो एकता युवा क्लबको आयोजनामा स्थानीय जनता माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तर्गत आइतबार आदर्श फुटबल क्लब रामधुनी र आयोजक हाम्रो एकता फुटबल क्लब मधुनव क्लबबिच खेल हुने क्लबका अध्यक्ष कलाउदिन अन्सारीले बताए । 
क्लबका अध्यक्ष कलाउदिन अन्सारीको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले गरेका थिए ।
panchayan-football-winner