धरान : सुनसरीको धरानमा अवस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ता एक वर्षदेखि आन्दोलनमा छन् । आफ्नो बचत फिर्ता पाउनुपर्ने माग राख्दै उनीहरूले स्थानीय प्रशासन र जनप्रतिनिधि समक्ष सहयोगको अपिल गरे । 
बराह सहकारीले १२ हजार शेयर सदस्यको १० हजारदेखि ४० करोड रुपैयाँसम्म बचत जम्मा गरेको छ । एक वर्ष अगाडीको साधारण सभामा ३ करोड नाफा देखाएको सहकारी टाट पल्टिने अवस्थामा पुगेको छ। 
२०७९ भदौ भित्रमा पैसा फिर्ता गर्ने बताएको सहकारीले अझैसम्म कुनै छाटकाट देखाएको छैन । कोभिड महामारी र मौद्रिक तरलताको अभावको कारण समस्या सृजना भएको बताएको थियो । 
उही बिचमा बराह ग्रुप अफ कम्पनी अन्तरगत बराह ज्वेलर्सको नाममा नक्कली ऋणी बनाएर पैसा अपचलन गरेको प्रस्ट भएको छ । बराह ज्वेलरी इन्डस्ट्रीज प्रालीका ज्वेलरी विभाग प्रमुख अम्बर बहादुर विश्वकर्माले नक्कली ऋणी खडा गरेर पैसा बुझेका छन् । व्यवसाय प्रवर्द्धन गर्न भन्दै कर्मचारीको नाममा ऋण लिइएको छ । 
नेपाली कागजमा कबुलियतनामा गरेर करोडौँ रकम सहकारीबाट लिइएको छ । नरबहादुर विश्वकर्माको नाति भीम बहादुर विश्वकर्माको छोरा धरान उपमहानगरपालिका ७ को नागरिकता नम्बर ७३३५५/७४३५५ भएका विश्वकर्माले ऋणमा हस्ताक्षर गरेका छन् । 
ज्वेलरीको तर्फबाट प्रतिनिधि रहेका उनले २७ जनाको नाममा ऋण लिएका हुन् । कागजी हिसाबमा कर्मचारीहरू ऋणी देखिएका छन् । कम्पनीको चल अचल सम्पत्तिबाट असुलउपर गर्ने गरी गरिएको कागजमा कर्मचारीलाई नक्कली ऋणीको रूपमा देखाइएको छ । 
२०७५ मङ्सिर २९ गते  कर्मचारी कृष्णा विश्वकर्माको नाममा ६० लाखको कागज गरिएको छ । त्यसको ४ महिना पछि २०७५ चैत ४ गते अर्का कर्मचारी रविन राई लाई देखाएर ६० लाख लिइएको छ ।  
२०७६ जेठ ३२ गते एकै दिन ४ करोड ५० लाख बराह सहरकारीको पैसा कर्मचारी मार्फत ज्वेलर्समा पुगेको देखिन्छ । खगेन्द्र विक ५० लाख, सन्तोष विक ४५ लाख, अर्जुन विक ५० लाख, भुपेन लकान्द्री विश्वकर्मा ५० लाख, विनोद विक ५० लाख, संयोग दियाली ४५ लाख, सोही दिन सविन दियाली ५० लाख, लक्ष्मण विश्वकर्मा ५५ लाख, जागिरधन विकले ५५ लाख ऋण लिएका छन् ।
२०७६ असार २८ मा  डिल्ली कुमार धमलाको नाममा ५० लाख । २०७६ असोज ३० गते सुरेन्द्र विश्वकर्मा १ करोड र २०७६ मङ्सिर ९ गते लाल बहादुर विश्वकर्माको नाममा १ करोड ऋण छ । 
२०७६ माघ २९ गते ३ करोड ५० लाख ऋण सहरकारीबाट ज्वेलर्समा पुगेको देखिन्छ । पुष्प बहादुर विश्वकर्माले ५० लाख सोही दिन सुरज पेरावानी ५० लाख, वीरेन्द्र कुमार मार्कण्डेय ५० लाख, ससिता विक ५० लाख, रोशन बराइली ५० लाख, समिना श्रेष्ठ ५० लाख र पुष्प बहादुर विश्वकर्माले ५० लाख लिएका छन् । 
त्यस्तै २०७६ फाल्गुन ८ गते ३ करोड ८५ लाखको ऋण प्रवाह भएको देखिन्छ । कर्मचारी निशान विश्वकर्मा ७० लाख, तिलक विक ८० लाख,  विशाल शाह सोनारले ८० लाख, सन्तोष गदाइली ८० लाख र राजकुमार विश्वकर्माले ७५ लाख लिएका छन् । फाल्गुन १४ गते कुमार राईको नाममा ८० लाख लिएका छन् ।  
एक वर्ष अगाडी भएको साधारण सभामा सहकारीले ३ करोड मुनाफा गरेको भनेर हिसाब देखाएको थियो । धरानमा बराह ग्रुप अफ कम्पनी अन्तर्गत बराह सहकारी सञ्चालनमा छ ।
कपुरी न्यूजलाइ प्राप्त भएको ऋणीहरूसँग गरिएका कपाली तमसुकहरू :