वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको सहयोगमा महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न तालिमहरू सञ्चालन भइरहेका छन् । महिलालाई स्वरोजगार सँगै उद्यमी बनाउनका लागि सिलाई कटाई, जुत्ता चप्पल, डल, कुसन बनाउने प्राविधिक सीप विकास तालिमहरू नगरपालिकाले सञ्चालन गरेको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० सालको वार्षिक स्वीकृत गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका वडा नं ११ मधुवनमा २४ जना र वराहक्षेत्र ६ मा ६ जना गरेर ३० जना महिलालाई सिलाई कटाई तालिम प्रदान सञ्चालन भइरहेको छ ।
त्यस्तै वडा नं.९ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तर्गत नै प्राविधिक सीप विकास डल, कुसन, बनाउने तालिम १६ जना र १६ जनालाई प्राविधिक सीप विकास जुत्ता चप्पल बनाउने तालिम १६ सञ्चालन भइरहेको वराहक्षेत्र नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख अरुण मेहताले बताए । 
मेहताका अनुसार गरिब तथा विपन्न महिलाहरूलाई घरमै बसेर आम्दानी गर्न सक्नेगरी सीप दिने उद्देश्यका साथ प्राविधिक सीप विकास तालिम अन्तरगत आधारभूत सिलाई कटाई तालिम २ महिनासम्म र अरू तालिम १५-१५ दिन सञ्चालन हुनेछ ।
महिलाहरूले सिकेको सिपलाई व्यवहारिक रूपमा प्रयोग गराउन नगरपालिका सहयोग गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । सिलाई कटाइबाट स्वरोजगारसँगै उद्यमी समेत बन्न सकिने र जुत्ता चप्पलको साना साना घरेलु उद्योग खोलेर उद्यमी समेत बन्न नगर प्रमुख कार्कीले सहभागीहरूलाई प्रेरित गरेका थिए ।
गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत वराहक्षेत्र नगरपालिका अन्य वडाहरूमा पनि यस्तै सीप मूलक तालिमहरू सञ्चालन गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौलाले बताए।
baraha-mahila-swarojagar-2