काठमाडौँ : गायक हिमाल सागरको मैँ राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज गरिएको छ । 
सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको सङ्गीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स र मास्टरिङ रहेको छ।  भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पविको अभिनय देख्न सकिन्छ ।
एक सफल प्रेम कथालाई नजिकबाट रोमान्टिक शैलीमा देखाइएको भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । उत्सव दाहालको छायाङ्कन, मिन रावलको सम्पादन तथा  विकाश दाहालको कलरिङ रहेको भिडियोको निर्माण शम्सेर श्रेष्ठले गरेका हुन् । 
धुलिखेल आसपासका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो।