इटहरी : इटहरीमा रहेको किन्डर पिलर एकेडेमी विभिन्न कार्यक्रम आयोजना गरेर आफ्नो ७ औ वार्षिक उत्सव मनाएको छ।
शनिवार ऋषिका बुटिक इटहरीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अभिनय, कराँते, गायन लगायत विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए । वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरूको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकी  सञ्चालिका श्रुति शर्माले जानकारी दिइन।
प्रदेश १ कि प्रदेश सभा सदस्य डोल्मा तामाङको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले समेत शुभकामना मन्तव्य राखेका थिए । 
कक्षा २ सम्म सञ्चालनमा रहेको विद्यालयले अमेरिकन पद्धतिबाट गुणस्तरीय शिक्षा दिइरहेको र आउँदो दिनमा थप कक्षा सञ्चालन गरी प्रविधिमैत्री शिक्षा प्रदान गर्ने सञ्चालिका शर्माको भनाई छ। उक्त विद्यालयमा हाल साना साना ६५ विद्यार्थी अध्ययनरत छन्।
Kindipaller-school-2