वराहक्षेत्र : शनिवारदेखि वराहक्षेत्र नगरपालिकामा वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. १ र वडा नं. ३ बिचको खेल बराबरीमा टुङ्गिएको छ।
खेलमा निर्धारित र थप अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि दुवै टिमले १-१ अङ्क बाढेका छन् । खेलमा वडा नं १ का दिवस सुब्बा म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । प्रतियोगिता अन्तर्गत आइतबार पहिलो खेल वडा नं ४ र वडा नं ९ तथा दोस्रो खेल वडा नं ६ र वडा नं ७ का बिच हुनेछ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए ।
नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा नगर प्रमुख कार्कीले खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादनकालागी प्रतियोगिता आयोजना गरिएको बताए ।
खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको प्रतियोगिताको फाइनल खेल चैत्र १४ गते हुनेछ ।
baraha-mayor-league-2