विराटनगर : शिक्षाको हब रूपमा चिनिएको विराटनगरको वडा नं ९ मा अवस्थित सोम्स कलेजमा एक दिने बैङ्किङ साक्षरता कार्यक्रम  सम्पन्न भएको छ ।
व्यवस्थापन शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम सञ्चालन गरी एक अब्बल शैक्षिक संस्थाका रूपमा परिचित सोम्स कलेजमा नेपाल बैकका शाखा प्रमुख प्रकाश घिमिरेले वित्तीय साक्षरताका विविध विषयमा प्रकाश पारी कार्यक्रम सम्पन्न भएको थियो ।
साक्षरता अन्तरगत आइपिओ, शेयर मार्केट, खाता सञ्चालन, बचत तथा वित्तीय कारोबार सञ्चालन र यसको महत्त्व बारे प्रस्ट पारियो । 
यस्ता बैङ्किङ साक्षरता सम्बन्धी कार्यक्रमले बिधार्थीहरुलाइ कार्य क्षेत्रमा कार्य गर्न र शिक्षालाई व्यवहार उपयोगी  बनाउँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरी दक्ष जनशती उत्पादनमा सहयोग पुर्‍याउने कलेज सञ्चालक तथा डाइरेक्टर रोशन घिमिरेले बताए ।
यस किसिमका कार्यक्रम कलेजले सञ्चालन गर्ने गरेको र आफ्ना विद्यार्थीहरू यस्ता कार्यक्रम सञ्चालनबाट लाभान्वित भएको डाइरेक्टर घिमिरेको भनाइ छ ।