एजेन्सी : इन्डियन आइडल–१३ को उपाधि अयोध्याका ऋषि सिंहले जितेका छन्।

चर्चित गायन रियालिटी शो इन्डियन आइडलको १३औं सिजनको मुम्बईमा भएको फाइनलमा अन्य पाँच प्रतिपस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेका हुन्।

प्रतिस्पर्धी देबोस्मिता रोय र चिराग कोतवाल क्रमशः पहिलो र दोस्रो रनरअप भए। कार्यक्रममा हिमेश रेशमिया, विशाल ददलानी र नेहा कक्कड निर्णायक थिए।

विजेता सिंहले पुरस्कारमा सोनी टिभीबाट २५ लाख रुपैयाँको चेक पाएका छन्। उपहार स्वरूप नयाँ कार पनि पाए।

रोय र कोतवालले पाँच लाख र तीन लाख रूपैयाँको चेक पाए। जबकि बाँकी प्रतियोगीलाई एक-एक लाखको चेक प्रदान गरिएको थियो।

२ जुलाई २००३ मा उत्तर प्रदेशको अयोध्यामा जन्मिएका १९ वर्षीय सिंहले आफ्नो प्राथमिक र माध्यमिक शिक्षा द क्याम्ब्रियन स्कूलबाट पूरा गरे। उनले देहरादुनबाट एभिएसन म्यानेजमेन्टमा स्नातक गरिरहेका छन्।

मध्यमवर्गीय परिवारबाट आएका ऋषिका बुबा राजेन्द्र सिंह सरकारी कर्मचारी र आमा अञ्जली सिंह गृहिणी हुन्।

कार्यक्रमको एक एपिसोडमा ऋषिले आफू आमाबुवाको एक्लो सन्तान भएको र उनलाई बाल्यकालमा नै धर्मपुत्र भएको बताए।

ऋषिले संगीतमा कुनै शिक्षा लिएनन् तर बाल्यकालदेखि नै घर नजिकैको गुरुद्वारा र मन्दिरमा भजन गाउने गर्थे। २०१९ मा ऋषिले इन्डियन आइडलको ११औं सिजनमा पनि भाग लिएकोमा चौथो राउण्डपछि बाहिरिएका थिए।

निर्देशक निर्माता राकेश रोशनले पनि ऋषि सिंहलाई ऋतिक रोशनको अर्को फिल्ममा गीत गाउने अफर गरेका छन्।

मे २०२२ मा ऋषि सिंहले आफ्नो पहिलो एकल गीत ‘इल्तेजा मेरी’ रिलिज गरे। यो गीत मेलोडियस रेकर्ड्सले निर्माण गरेको हो।