धरान : सामसङले नयाँ ग्यालेक्सी ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाइभजीलाई बजारमा उपलब्ध गराएको छ ।
लोकप्रिय ए  सिरिजका दुई वटा नवीनतम फोनहरू अद्भुत क्यामराहरू र विशेषताहरूको लागि परिचित छन्, जसले प्रयोगकर्ताहरूलाई तिनको अद्भुत पर्फरमेन्स र उपयोगीताका साथ अचम्मित तुल्याउने गरी बनाइएको छ ।
उत्कृष्ट बनावट र अनुभूति एवं टिकाउपनाको लागि गरिएको डिजाइनका साथ ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीलाई धेरै समय सम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरूले ग्राहकहरूका लागि पहिलो रोजाई बनाइदिएको छ । 
ए सेरिजमा थपिएका दुई नयाँ स्मार्ट फोनहरू, ए३४ फाइभजी र ग्यालेक्सी ए५४ फाईजि हालै नेपाल अधिराज्य भरी रिलिज भएका छन् । क्षेत्रीय वितरक र डिलरहरूको उपस्थितिमा वरन्डा होटेलमा गत २३ मार्चमा भएको डिलर मिटमा यी स्मार्टफोनहरू इटहरीमा लन्च गरिएको थियो । त्यहाँ उपस्थित दर्शकहरूको अनुभव र प्रतिक्रियाहरू अत्यधिक सकारात्मक थिए ।
ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए३४ फाइभजीको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रद अनुभव बढाउने गरी गरिएको छ । दुवै डिभाइसहरूको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यून गरिएका प्रवणित धारहरूका साथमा जीवन्त रङ्गहरूको विशेषता रहेका छन् । प्रयोगकर्ताको आँखाको संरक्षणका लागि क्वीक प्यानलमा आइ कम्फर्ट सील्ड पनि राखिएको छ ।
५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी २ दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्छ । 
पछिल्लो ए-सिरिज लन्चकोमा, सामसङले पहिलो पटक २५६ जीवी मेमोरी भेरियन्टलाई ६०,००० मूल्य निर्धारण गरिएको छ । ग्यालेक्सी ए५४ ५जी र ग्यालेक्सी ए३४ ५जी २ वटा मेमोरी प्रकारहरूमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जिको ८ जीवी र्‍याम र १२८ जीवी आन्तरिक स्टोरेज भएकोलाई रु ५६, ९९९ रुपैयाँ पर्छ भने ८ जीवी र्‍याम र २५६ जीवी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य रु ५९,९९९ रुपैयाँ तोकिएको छ । 
यस्तै ए३४ ५जिको ८ जीवी र्‍याम र १२८ जीवी आन्तरिक स्टोरेज भएकोको मूल्य रु ४५,९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडि कार्डको प्रयोगमार्फत १ टिबीसम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।