धरान : ‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत 'कुनै दिन 'को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका सङ्गीतकार अर्जुन पोखरेलको शब्द ,सङ्गीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बिच १५ दिनको बिचमा घटेको घटनालाई प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसँग धेरै नजिकिए पछिको घटनाक्रम भिडियोमा देखाइएको छ ।

भिडियोमा सिम्रन पन्त र सागर खनालको अभिनय रहेको छ । माइकल चन्दको कोरियोग्राफी, माधव शर्माको सह निर्देशन रहेको 'कुनै दिन' को भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी ,शिलन लम्सालको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ । गीतलाई  म्युजिक नेपालले बजारमा ल्याइएको हो।

नेपाली सङ्गीत छेत्रको विकास र प्रवर्द्धनमा ४ दशक देखि लागिरहेको नेपालकै पुरानो कम्पनी म्युजिक नेपालले नयाँ प्रतिभालाई प्रोत्साहनको लागि सिनियर संगीतकारहरुसंग सहकार्य गर्दै गीतहरूको उत्पादन र व्यवस्थापन गर्दै आएको छ ।

पछिल्लो समय म्युजिक नेपालद्वारा उत्पादित धेरै गीतहरू मिलियन क्लबमा प्रवेश गरिसकेका छन् ।