सुनसरी : मोरङको सुन्दरहरैचा नगरपालिका स्थित बलियामा ‘सेफ्स बर्गर’ ले आफ्नो आठौँ शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ र ललितपुरमा ७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यका बाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफ्नो आठौँ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ।

‘सेफ्स बर्गर’ का सञ्चालक महेन्द्र तामाङले  सुनसरीको इटहरी र मोरङको सुन्दरहरैचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै आठौँ आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले चाँडै धरान, दमक, इटहरी, विराटनगरमा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए ।

सेफ्स बर्गर वैदेशिक रोजगारमा गएर होटेल व्यावसायको शिप सिकेर आफ्नै देश फर्केका  नेपाली युवा (सेफ) हरूले स्थापना गरेको खाद्य परिकार बिक्री गर्ने रेष्टुरेन्ट कम्पनी हो ।

दुबईमा रहेको पाँचतारे होटेल जुमेरा टावरमा १५ वर्ष भन्दा बढि सेवा गरेका नेपाली युवाहरू सङ्खुवासभा धर्मदेवी नगरपालिका-८ का तीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङ स्वदेश फर्केपछि २०७५ सालदेखि चेन ब्रान्ड रेष्टरेन्ट  सेफ्स बर्गर स्थापना गरेर देशभरि विस्तार गर्ने अभियानमा लागेका हुन ।

अमेरिकन येल्लो बर्गर चिज र  झुरुमझूरुम स्वादको ‘थिन एन्ड क्रस्टी’ पिज्जाको परिकार सेफ्स बर्गरका विशेषता हुन ।