वराहक्षेत्र : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कोकाह खोलाको पानी वराहक्षेत्र नगरपालिकाको भूभाग प्रयोग गरेर धरान लैजाने विषयमा दुई पालिका बिच लिखित रूपमा सम्झौता हुनुपर्ने वराहक्षेत्र नगरपालिकामा रहेका राजनैतिक दलको निष्कर्ष निकालेका छन ।

मङ्गलवार बिहान नगरपालिकाले राखेको सर्वदलीय बैठकले कोकाह खोलाको खानेपानीको विषयमा खानेपानीको योजनाका लागि वातावरणीय अध्ययन प्रतिवेदन डिपिआर हुनुपर्ने, हालको मितिको धरान उपमहानगरपालिकाको कार्यालयको र धरान स्थित खानेपानी बोर्डको संस्थागत निर्णय हुनु पर्ने, धरानले उक्त लगेको खानेपानी निःशुल्क वितरण गर्ने हो भने वराहक्षेत्र नगरलाई कुनै रोयल्टी दिनु नपर्ने तर सशुल्क वितरण गर्ने हो भने कानुन अनुसार रोयल्टी (कुल आम्दानीको) वराहक्षेत्रलाई नगरलाई बुझाउनु पर्ने निष्कर्ष निकालेको छ ।

बैठकले कोकाहको खानेपानीको विषयमा नगरपालिकाले लिएको मागलाई ऐक्यबद्धता व्यक्त गर्दै पूर्ण समर्थन गर्ने निर्णय समेत गरेको छ । नगर प्रमुख रमेश कार्कीको संयोजकत्व र उप-प्रमुख नन्दकुमारी सुनुवार सहित भएको नगर स्तरीय सर्व दलीय बैठकमा नेपाली काङ्ग्रेसका नगर सचिव हरिकृष्ण भट्टराई, नेकपा एमाले नगर अध्यक्ष गजेन्द्र थापा, नेकपा माओवादी केन्द्रका नगर सचिव अमित गौतम, राष्ट्रिय स्वतन्त्र पार्टी नगर अध्यक्ष कल्याण विष्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका वराहक्षेत्र-६ का अध्यक्ष इन्द्र भुजेल, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष नरेश राई, नेकपा एकृकित समाजवादी पार्टी नगर अध्यक्ष चन्द्र मगर, नेपाली काँग्रेस वडा नं १ का अध्यक्ष ईशवर थापा, नेकपा एमाले वडा नं १ का अध्यक्ष कृष्ण कट्टेल, जनता समाजवादी पार्टी नेपालका सचिव मनोज प्रधान, वडा नं १ का अध्यक्ष किसन मगर, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं ७ का अध्यक्ष कपिल आचार्य लगाएको उपस्थिति थियो ।

बैठकले धरान उपमहानगरपालिकाले वराहक्षेत्र नगरपालिकाको भूभाग प्रयोग गरी धरानवासीलाई पानी खुवाउने कार्य स्वागत योग्य भएको ठहर समेत गरेको छ। उक्त कार्यको नगरपालिकामा रहेको राजनैतिक दलहरूको हैसियतले सो कार्यलाई कुनै बाधा नगर्ने निर्णय गरेको छ । तर स्थानिय तह बिच कुनै पनि सहकार्य र समन्वय नगरेको हुँदा सो कार्यहरू सम्पन्न गर्नका लागि लिखित रूपमा दुई स्थानिय तहबिच सम्झौता गर्नु पर्ने निर्णय गरेको छ ।

baraha-dal-letterBaraha-dal-letter-2