धरान: गुजरात टाइटन्सलाई पाँच विकेटले पराजित गर्दै चेन्नाइ सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । चेन्नाइको यो पाँचौं उपाधि हो ।

२१५ रनको लक्ष्य पछ्याएको चेन्नाइले सुरुवाती ३ बलमा चार रन बनाएको अवस्थामा पानीले खेल रोकिएको थियो ।

पानी रोकिएपछि चेन्नाइले १५ ओभरमा १७१ रनको लक्ष्य पायो । राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको उसका लागि अन्तिम दुई बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र पाँच विकेटले विजयी भयो ।

यसअघि गुजराजले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

यो सँगै चेन्नईले पाँचौं पटक आइपीएलको उपाधि जितेको छ । चेन्नईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ ।

लिग चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

ipl-Team-winner