धरान : सांस्कृतिक इतिहासका अनुसन्धानात्मक लेखक पत्रकार राजकुमार दिक्पालको पछिल्लो पुस्तक 'आदिवासी विद्रोहको इतिहास' दोस्रो संस्करण हङकङमा विमोचन भएको छ ।

नेपालको बजारमा हालै आएको उक्त पुस्तक मञ्जरी पब्लिकेसन, काठमाडौँले प्रकाशित गरेको हो । हङकङ साहित्यिक साझा शृङ्खलाको १२०औँ कार्यक्रममा गएको आइतबार पुस्तक विमोचन गरियो । 

समारोहमा हङकङका अगुवा नेपाली लेखकहरू अरुणा शर्मा, जुनु राना, दाजु गुरुङ, प्रदीप कन्दङ्वा र अशोक चाम्लिङले पुस्तकको विमोचन गरेका हुन। 

साथै सुनिता राई कन्दङ्वाको कथा सङ्ग्रह 'म युग बगिरहेछु' र टी.एन. सुवेदीको ‘गीता ज्ञान गङ्गा’ पुस्तक पनि विमोचन गरिएको थियो । 

हङकङको जोर्डनस्थित बगैँचा रेस्टुरेन्टमा भएको साहित्यिक शृङ्खलामा कविहरू अशोक चाम्लिङ, प्रदीप कन्दङ्वा, नवीन सुहाङ, जुनु राना, सुनिता गिरी, शिवकुमार राई, नरेन्द्र गुरुङ, टी.बी. याक्खा, देवराज राई, नरेश सुनुवार, नारायण भण्डारी, लीला निरौला ढुङ्गाना लगायतले रचना वाचन गरे । 

प्रस्तुत रचनाहरूका बारेमा माथि शृङ्खलाका संरक्षक दाजु गुरुङले समीक्षा गरेका थिए ।

aadibasi-bidroaha