धरान : धरानको महिला बास्केटबलको टिम अन्तर क्लब प्रतियोगिता खेल्न काठमाण्डू प्रस्थान गरेका छन् । त्यहाँ हुने मदन भण्डारी ओपन बास्केटबल प्रतियोगितामा धराने टिमले प्रतिस्पर्धा गर्नैछ । प्रतियोगिता शुक्रवारदेखी हुँदैछ ।

धरानै बास्केटबल टिमको कप्तान राष्ट्रिय खेलाडी डा. आशा राई छिन् । उनको नेतृत्वमा तनु राई, आस्था राई, एल्भिना गुरुङ्ग, इक्सा लिम्बू रन्जिता, रेनुका लिम्बू, निवा लिम्बू, नुमा लिम्बू, महिमा कटुवाल र दिया कोयु राई मैदानमा उत्रने छन् ।

प्रशिक्षक विकास चाम्लिङ राई, सहायक प्रशिक्षकमा युगल लिम्बू टोलीमा संलग्न छन् । उनीहरूलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी लगायतले बुधबार काठमाण्डूका लागि बिदाइ गरेको हो ।

उक्त प्रतियोगीतामा महिला तर्फ ६ वटा टिमले प्रतिस्पर्धा गर्दछ । त्यस मध्ये काठमाण्डू बाहिर बाट धरान महिला टिमले एक मात्र सहभागी हो । राउन्ड रोबिन आधारमा हुने प्रतियोगितामा धरानले ५ खेल खेल्नेछन् ।