धरान : अत्यधिक गर्मीका कारण स्थानिय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ बिहीबार देखी जेठ २४ सम्म एकसाता बिदा दिने निर्णय गरेको छ ।

उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा नगर प्रमुख स्तरिय निर्णय अनुसार बिदा दिइएको जनाइएको छ । उक्त बिदा वर्खे बिदामा मिलान गरिने उल्लेख छ ।

केही दिन देखी अत्याधिक गर्मी बढेका कारण विद्यालयहरूमा पठन पाठन गराउन धेरै समस्या भएकोले विद्यालयहरूबाट बिदा मिलाउन अनुरोध आएकाले उक्त निर्णय गरिएको सूचनामा बताइएको छ ।

धरानमा दिउँसो चर्को घाम लाग्ने, अत्याधिक गर्मी हुने गरेको छ । तापक्रम आज १२ बजेको समयमा ३२ डिग्री सेल्सियस भएकोमा ३४ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

garmiko-holiday-letter