धरान : सितेरियो कराँते परिवारको आयोजनामा धरानमा वीपी मेमोरियल राष्ट्रिय महिला कराँते प्रतियोगिता हुने भएको छ ।
शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता जेठ २६ र २७ दुई दिन सञ्चालन हुने जानकारी दिइएको हो । 
आत्मरक्षाका लोकप्रिय खेल करातेप्रति महिला खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको आयोजक कमिटीका संयोजक कुविरमान राईले जानकारी दिए ।
प्रतियोगिता धरान रङ्गशाला स्थित सेमी कभर्डहलमा हुने बताइएको छ । 
प्रतियोगिता तौल समूह ३५ केजी, ४०, ४५, ५०, ५५, ६१, ६८, ६८ केजी र त्यस माथिको समुहत साथै एकल काता, समूह काता ९३ जनाका विचामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता लाई नगद ५० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद पुरस्कार सहित ट्रफी प्रदान गरिने छ । 
प्रतियोगितामा आयोजक सहित ७ प्रदेशका १/१ टिम, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बल सहभागी हुने बताइएको छ ।