धरान : संसारमा असङ्ख्य प्रकारका खेल छन् जो सार्वजनिक रूपमा तन्दुरुस्ती र मनोरञ्जनका लागि खेलिन्छन् । यही सूचिमा एउटा नयाँ खेल पनि थपिएको छ । युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ ।
सुन्दा पत्याउनै मुस्किल पर्छ । मानिसको गोप्य शारीरिक सम्बन्धको कुरा पनि कसरी खेल बन्न सक्छ ? तर स्विडेनमा सेक्सले केबल खेलको मान्यता मात्र पाएको छैन त्यहाँ स्विडिस सेक्स खेल महासङ्घ नै गठन भएको छ। यो महासङ्घले ८ जूनभन्दा अगाडि नै पहिलो पटक युरोपियन सेक्स च्याम्पियनसिप प्रतियोगिताको आयोजना गर्दैछ ।
हरेक दिन ६ घण्टाको प्रतिस्पर्धा
स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनसिप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरूले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
समाचार अनुसार प्रतिस्पर्धीसँग आफ्ना खेल वा क्रियाकलापहरूमा सहभागी हुनका लागि ४५ मिनेटदेखि १ घण्टासम्मको समय हुनेछ ।
तीन जना निर्णायक मण्डल तथा दर्शकहरूको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बिचमा अङ्क प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा सेडक्सनदेखि बडी मसाजसम्मका क्रियाकलाप सामेल छन् ।
हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरूले आवेदन दिइसकेको बताइएको छ ।
युरोपेली सेक्स च्याम्पियनसिपले विविधतालाई महत्त्व दिने र कुनै पनि लिङ्गका व्यक्ति प्रतियोगितामा भाग लिन सक्ने जनाएको छ ।
आयोजकहरूका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ । आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रूपमा सेक्सुअल ओरिएन्टेसनको महत्त्वपूर्ण विकास युरोपेली देशहरूका बिचमा हुनेछ ।
स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्ष ड्रागन ब्रेटिकका अनुसार एउटा खेलको रूपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक थियो । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरूको बारेमा पनि चर्चा गरेका छन् । उनका अनुसार कुनै पनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरूका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु तर्कसङ्गत छ ।
के हो सेक्सुअल ओरिएन्टेसन ?
फरक-फरक मानिसहरूले छुट्टा–छुट्टै खालको सेक्सुअल ओरिएन्टेसन अर्थात् यौन आकर्षणको महसूस गर्न सक्दछन् ।
यसमा अधिकांश विपरीत लिङ्गीप्रति आकर्षित हुन्छन् भने कतिपय आफ्नै लिङ्गको व्यक्तिसँग वा दुवै लिङ्गका व्यक्तिसँग पनि आकर्षित हुन्छन् ।
सेक्स च्याम्पियनसिपले यो यौन आकर्षणलाई खेल रणनीतिको हिस्साको रूपमा स्थापित गर्ने दाबी गरिएको छ ।
- एजेन्सी