इटहरी : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पानी अभावले पठनपाठन बन्द हुने भएको छ  । पानीको चरम अभाव बढ्दै गएकाले मेडिकल शिक्षा एकसाता बन्द हुने भएको छ ।

प्रतिष्ठान एकेडेमीका असिस्टेन्ट डिन डाक्टर भिम्मी सिंहका अनुसार पानीको अभावले मेडिकल शिक्षा प्रभावित भएको छ । अस्पताल प्रशासनले पानी अभाव भएको बताएपछि पठनपाठन बन्द गर्नुपरेको उनले बताए ।

धरानमा लामो समय देखी पानीको अभाव व्याप्त छ । मेयर हर्कराज राई धरानमा पानीको समस्या समाधान गर्ने भन्दै श्रम अभियानमा छन् । केही महिना अगाडि थप श्रोत सुनिश्चित गरेको बताएका उनले अझैसम्म दीर्घकालीन समाधान गर्न सकेका छैनन् ।

BP-Hospital-letter