धरान : संसदले पारित गरेको छुट्टै ऐनद्वारा स्थापित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले केन्द्रीकृत छाता ऐन बनाएर उपत्यका बाहिरका स्वास्थ्य प्रतिष्ठान सरह बनाउन सङ्घीय सरकारले 'षडयन्त्र गरेको' भन्दै धरानका १० राजनीतिक दलहरूले संयुक्त रूपमा विरोध गरेको छ ।

प्रतिष्ठानलाई स्वास्थ्य शिक्षाको विश्वविद्यालय बनाई नेपालकै नमुनाको रूपमा विकास गरेर अघि बढ्नु पर्ने माग भइरहेकोमा भएको डिम विश्वविद्यालयलाई अस्पतालमा सीमित गरी केन्द्रीकृत गर्ने कार्य षडयन्त्र भएको राजनीतिक दलहरूद्वारा आज प्रकाशित संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

देश सङ्घीयता र विकेन्द्रीकरणमा गइरहेको बेला सकारले नीति कार्यक्रम तथा बजेट वक्तव्यमा वीपी प्रतिष्ठानको ऐन खारेज गरी छाता ऐन अन्तर्गत राख्ने प्रस्ताव अस्वीकार्य भएको उल्लेख गर्दै वक्तव्यमा सरकारको त्यस्तो प्रस्तावप्रति असहमति जाहेर गर्दै खेद प्रकट गरिएको छ। 

वक्तव्यमा वीपी प्रतिष्ठानलाई छुट्टै विश्वविद्यालय बनाउन र तत्काल प्रतिष्ठानको उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाउन माग गर्दै वक्तव्यमा अन्यथा सरकारप्रति गम्भीर असहमति जनाउँदै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

वक्तव्यमा हस्ताक्षर गर्ने राजनीतिक दलहरूमा नेपाली काँग्रेसका सभापति श्याम पोखरेल, नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई, जनता समाजवादी पाटीका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एस)का अध्यक्ष रेवतीरमण राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दोर्जे शेर्पा, नागरिक उन्मुक्ति पार्टीका कावा अध्यक्ष अर्जुन खड्का, राष्ट्रिय जनमुक्ति जिल्ला सचिव सिताराम राई, मोहन तिगेला नगर अध्यक्ष सङ्घीय लिम्बुवान मञ्च, किरात खम्बुवान् साझा पार्टी शुरेसकुमार राई छन् ।

Save-BP-PR