काठमाडौं : नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतिहरूबिचको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीहरूले राजधानीको इन्द्रचोकस्थित आकाश भैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको हो ।

१७ औँ संस्करणको यस वर्षको मिस नेवा: नेपालमा देशका विभिन्न जिल्लाबाट १७ नेवार युवतीले सहभागिता जनाएका छन्।

आयोजक संस्था नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशक भन्दा अघिदेखि उक्त प्रतियोगिता आयोजना गरिँदै आएको बताइन् ।

नेवार भाषा, कला, संस्कृति र संस्कारको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति , व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको उनको भनाई छ। प्रतियोगिताका सहभागीहरूलाई विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन् ।

नयाँ संस्करणको मिस नेवा: नेपालको आरम्भका अवसरमा मिस नेवा: नेपाल र मिस लिटील नेवाका विजयी तथा प्रतियोगीहरूले पब्लिक केयर सेन्टर पिस नेपाल, महालक्ष्मी स्थान र विवेक स्वच्छ सेवा केन्द्र, अनामनगरमा खाद्यान्न तथा शैक्षिक सामाग्री पनि प्रदान गरेका छन्।

मिस नेवा: नेपालका प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारका स्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छिन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

miss newa