धरान : कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको सिरिज मिस स्कार्लेटको टिजर सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएको टिजर नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा रहेको छ । यो सिरिज चाडै नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्मबाट स्ट्रिमिङ हुने बताइएको छ। केही दिनमा नै कान्तिपुर सिनेमाज ओटिटि प्लेटफर्मको औपचारिक घोषणा गरिने बुझिएको छ ।

मिस स्कार्लेट ४ एपिसोडमा स्ट्रिमिङ हुनेछ भने प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । मिस स्कार्लेट वीरगन्जमा छायाङ्कन भएको हो ।

यस सिरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलीप नेपालको अभिनय छ ।

प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायाङ्कन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलिज गरिनेछ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अङ्ग्रेजी भाषामा रिलिज हुनेछ ।