धरान : सुनसरीमा रहेको धरान बजार पछिल्लो समय अस्तव्यस्त बन्दै गएको छ ।  जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ । भएको पार्किङहरू पनि व्यवस्थित छैन।

धरानस्थित भानुचोकमा रहेको तरकारी तथा फलफूल बजारमा विकृति मौलाएको जनगुनासो बढ्दै गएको छ । अधिकांश उपभोक्ता मोटरसाइकल, स्कुटर वा सिटी सफारीमा आउँछन् । अव्यवस्थित पसल सञ्चालनले समस्या भइरहेका बेला सवारीको चापले बजारमा पाइला हाल्नेसम्म ठाउँ पाउन मुस्किल हुन्छ ।

व्यवसायीले जथाभाबी पसल राखिदिनाले बजारमा समस्या छ । सवारीको चापले बाटो साँघुरो छ, बजार प्रदूषित छ, जताततै फोहोरको थुप्रो छ ।

bazar 5bazar 7Bazar 2bazar 8bazar 6Bazar 4Bazar 1