धरान : राष्ट्रिय जनमुक्ति पार्टीले २०६६ सालदेखि हरेक वर्ष साउन २२ गतेलाई कालो दिन भन्दै एकदिने लिम्बुवान बन्द गर्दै आएको छ ।
तत्कालीन अरुण-सप्तकोसी पूर्वको लिम्बुवान वि.सं. १८३१ साउन २२ गते गोर्खाली राजा पृथ्वीनारायण शाहसँग ‘नुन-पानी’ सन्धि गर्दै नेपालमा गाभिएको थियो । 
गोरखा राज्यले छलकपटपूर्ण सन्धिमार्फत लिम्बुवानको सार्वभौम सत्ताहरण गरेकाले त्यही दिनदेखि लिम्बुवान स्वायत्तता निर्माणको लागि आन्दोलन र विद्रोह गर्दै आएको छ । त्यही कालो दिन मनाउने क्रममा आज सोमबार पनि अरुणपूर्वकका ९ जिल्ला बन्द गरिएको छ ।
साथै कोसी प्रदेश पुनः नामकरणको मागसहित आज एकदिने बन्द गरिएको जनमुक्तिले जनाएको छ ।
यी तस्बिरहरू धरान उपमहानगरपालिकाका तीनकुने, बरगाछी, भोटेपुल र भानुचोक क्षेत्रका हुन् ।
banda 1
banda 2
banda 3 2
banda 4 2
banda 5 2
banda 6 2
banda 7 2
banda 8 2
banda 9 2
banda 10 2
banda 11 2
banda 12 2
banda 13 2
banda 14 2