इटहरी : कवयित्री मिश्रा गुरुङको नयाँ गजल ‘फूलको धारले’ सार्वजनिक भएको छ । लामो समय देखी कविता, गीत तथा गजल लेख्दै आएकी गुरुङले नयाँ गजल बजारमा ल्याएकी हुन । गजललाई क्यास म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गुरुङको शब्द तयार गजललाई गायिका सरिता राई(आङबुहाङ)ले स्वर दिएकी छिन् । गीतलाई दुर्गा पराजुलीले कम्पोज गरेका हुन भने एरेन्ज किरण कँडेलले गरेका छन् ।

कविता गितगजल लेख्दै आएकी गुरुङले पहिलो पटक रेकर्ड गर्दै गजललाई बजारमा ल्याएकी हुन ।

गजल त धेरै लेख्दै आएको भए पनि रेकर्ड नै गरेको थिएन तर यस पटक रेकर्ड गरी बजारमा ल्याएको गजलकार गुरुङले जानकारी दिइन । गजललाई श्रोता तथा दर्शकले मन पराउने आफूले विश्वास लिएको पनि उनले बताइन ।

म्युजिक भिडियोलाई कमल राईले निर्देशन गरेका छन् । श्राज, रचना सिवाकोटी र विमला खजुम लिम्बुको अभिनय रहेको म्युजिक भिडियोलाई सुमित गुरुङले कोरियो ग्राफ गरेका छन् ।

शिव ढकालले खिचेको भिडियोलाई मनोज काकीले सम्पादन तथा रङ्ग संयोजन गरेका छन् ।

fulko dhar le 2