धरान : मेरो बचत तथा ऋण सहकारी संस्थाको आज भएको १३ औँ साधारण सभाले अध्यक्ष पदमा उद्धव लिम्बू लुङ्वालाई पुनः निर्वाचित गरेको छ । सभाले उनको अध्यक्षतामा ९ जनाको कार्यसमिति पुनर्गठन गरेको छ ।

कार्यसमिति उपाध्यक्ष लक्ष्मी प्रधान रहेकी छन् । सदस्यहरूमा जीवन राई, सम्फर तामाङ, दया राई, शशिकला राई, हरिबहादुर तामाङ चयन भएका छन् । लेखा समिति संयोजक खेम रनपहेली, सदस्यमा सुजा सुब्बा निर्वाचित भएको निर्वाचन अधिकृत बलराम राईले जानकारी दिए ।

निर्वाचन समितिमा संयोजक बलराम राई र सद्स्यहरुमा रश्मि प्रधान, सुदर्शन श्रेष्ठ थिए । मेरो बचत तथा ऋण सहकारी संस्थाको कार्यालय धरान-१२ मा छ ।

सभामा प्रमुख अतिथि जिल्ला सहकारी उपाध्यक्ष दिनेश श्रेष्ठले धरान उपमहानगरपालिकाले स्थानीय सहकारी ऐन २०७५ को दफा ६१ लागूगरेको भएता पनि हाल सम्म ऐन कार्यान्वयन नभएकाले सहकारीमा आर्थिक तरलता उत्पन्न भएको बताए ।

सहकारीका अध्यक्ष लिम्बुले आगामी ४ वर्ष भित्र नेपाल सरकारको युवा स्वरोजगार तथा साना व्यवसायी कोषका कार्यक्रम ल्याउने, आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बचत सङ्घ उपाध्यक्ष ममता तमोट, कृति सहकारी अध्यक्ष सुमन श्रेष्ठ शुभकामना दिए ।

अध्यक्ष लिम्बुको सभापतित्वमा भएको साधारण सभा विष्णु पुमा राईले सञ्चालन गरेकी थिइन् ।