धरान : श्रीकृष्ण जन्माष्टमीको अवसरमा धरानको कृष्ण मन्दिरमा श्रद्धालुहरूको घुइँचो लागेको छ । त्यही घुइँचोमा कृष्णको भेषमा सजिएका बालबालिकाहरू पनि देखिन्छन् ।

परिवारको काखमा कृष्णको अवतारमा देखिएका यी अबोध बालबालिकाहरू भने न त कृष्णको बारेमा जानकार थिए न त द्वापरयुगको बारेमा । कृष्णको रूपमा देखिएका अबोध बालबालिकाको हातमा बाँसुरी थियो ।

20230906_085838

20230906_090702

20230906_102213

20230906_102304द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । ज्ञान योग, कर्मयोग र भक्ति योगका प्रणेता मानिएका श्रीकृष्णको जन्म दिनको सम्झनामा आज उनको पूजा आराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

धरानमा रहेका कृष्ण मन्दिरहरूमा पूजा गर्नेहरूको बिहानैदेखि लाइन छ । स्वयंसेवकहरूले उनीहरूलाई पालैपालो दर्शन गर्ने व्यवस्था मिलाएका छन् ।

20230906_100733

20230906_085615

20230906_103600

20230906_090544

20230906_090911

20230906_091311

20230906_091329

20230906_091641

20230906_100804

20230906_101004

20230906_101537