धरान : सङ्घीय राजधानी काठमान्डु बाहिर स्थित सबै भन्दा ठुलो शिक्षण अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ३० औँ वर्षमा प्रवेश गरेको छ । महामानव वीपी कोइरालाको नाममा स्थापित प्रतिष्ठान वीपी जयन्तीकै दिन स्थापना भएको हो । आज ११० औ वीपी जयन्ती हो ।

प्रतिष्ठानको ३० औँ स्थापना दिवसका दिन आइतबार प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीले शुभकामना सन्देश दिदैं ‘प्रतिष्ठान हामी सबैको गौरव एवं राष्ट्रकै गहना’ भएको उल्लेख गर्दै तिसौँ वार्षिकोत्सवमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिष्ठानले स्थापना कालदेखी हालसम्म हासिल गरेका उपलब्धिहरूमा सम्पूर्ण प्रतिष्ठान परिवारको योगदान रहेको उल्लेख गर्दै प्रतिष्ठानको विकास तथा सुसञ्चालनको जिम्मेवारी सबैको काँधमा रहेको उल्लेख गरेका छन् ।

प्रतिष्ठानको दिगो विकास र विस्तारका लागि सबैको आपसी सहयोग र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै प्रतिष्ठानको सर्वोपरि विकासका लागि एकजुट भएर अघि बढ्न हार्दिक अनुरोध गरिएको छ । प्रतिष्ठानले ३० स्थापना दिवस तथा ११० औँ वीपी जयन्ती भदौ २३ गते देखी विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको पनि जानकारी गराइएको छ ।