धरान : धरानमा जारी धरान मेघा रेवाहाङ बास्केटबल प्रतियोगिताको आज बुधवार भएको क्वाटर फाइनल खेलमा धरान आदर्श, डिपो, धरान उच्च र होलिल्याण्ड स्कुल विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

धरान आदर्शले वालसंसार धनकुटालाई ३४-२८, डिपो स्कुलले धरान उच्च ए टिमलाईलाई ५३-४७, होलिल्याण्डले सियोन स्कुललाई ३१-१९ र धरान उच्च विटिमले प्रभात स्कुललाई ४२-२२ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

पहिलो क्वाटर फाइनल खेलमा धरान आदर्शका सरिन मगरले व्यक्तिगत १६ अङ्क, दोस्रो खेलमा डिपो स्कुलका रुपक श्रेष्ठले २२, तेस्रो खेलमा होलिल्याण्ड स्कुलका सिक्कुम लिम्वुले ७ र चौथो खेलमा उच्च वि टिमका जुङसाङ राईले १८ अङ्क जोडेका थिए ।

धरान मेघा हिमालयन कलेजको आयोजनामा भइरहेको अन्तर स्कुल बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेला बिहीबार धरान आदर्श र डिपो स्कुल र धरान उच्च वि टिम र होलिल्याण्ड स्कुल बिच प्रतिस्पर्धा हुनेछ ।