काठमाडौं  : विज्ञापन बोर्डले विदेशी कलाकारको तस्बिर राखेर विज्ञापन नगर्न आग्रह गरेको छ ।

होर्डिङ बोर्ड, सवारीसाधनलगायत अन्य माध्यममा विदेशी कलाकार वा व्यक्तिको तस्बिर राखेर विज्ञापन नगर्न बोर्डले आग्रह गरेको हो ।

'स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्नु/गराउनु हुन विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यमलगायत सबै सरोकारवालालाई जानकारी गराइन्छ' बोर्डले भनेको छ ।

Ad board