धरान : विजयपुर एफएमको १५ औँ वार्षिकोत्सवका अवसरमा कोशी प्रदेशकै लोकप्रिय एफएम विजयपुर एफएमले धरानमा पहिलो पटक कविता कन्सर्ट २०८० सम्पन्न गर्न लागेको हो ।

असोज १२ गते  शुक्रवारका दिन साँझ ६ बजे धरान १२ महेन्द्र पथ भानुचौक स्थित बराह ज्वेलरीको पाँचौँ तल्ला बराह फेमिली किचन सम्पन्न हुन लागेको उक्त कार्यक्रममा नेपालका उत्कृष्ट कविहरूको प्रस्तुति रहने बताइएको छ ।

उक्त कार्यक्रममा पोएट आइडलका फाइनलीस्ट दार्जिलिङका कवि पल्लवित, कविमुनु अधिकारी, धरानका चर्चित लेखक गायक कवि बम देवान, कवियत्री कुन्ता शर्मा, कवि सुदिप पाख्रिन, कवि एलियन श्रेष्ठ, कवि इन्दु नेपाल योञ्जन, कवि जवान लुङ्गेली मगर, राजिव हलुवाई, बालकुमारी गुरुङ, विशाल बाबु बस्नेत, सुरेन्द्र चौधरी, मनोज सुनाम, युवराज भण्डारी, सुधाकर पोख्रेल, कृष्ण राजा श्रेष्ठ (गायन) सबिन प्रधान (गायन), रोशन शर्मा (चतुरङ्गी), सुरज शर्मा (गीतार), बेन्जामिन थापा (पियानो), ओबेद सुनार (बाँसुरी), तेजेन्द्र गन्धर्व (सारंगी), बाट संगितमय कविता वाचन सहित गीतको समेत प्रस्तुत हुनेछ।

विजयपुर एफएमले विशेष गरेर पूर्वका गतिविधिहरूलाई सूचना, संगीत र विभिन्न विभिन्न जनसेवाका कार्यक्रमहरू उत्पादन गरिरहेको छ । विजयपुर एफएम साहित्य संगित उत्थानमा अग्रणी भूमिकामा रहने गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको अवसरमा विभिन्न सांगीतिक कार्यक्रमहरू गर्दै आइरहेको छ । यसै सन्दर्भमा साहित्यिक पोइट्रि सेलिब्रेसन अन्तर्गत कविता कन्सर्ट २०८० आयोजना गर्न लागेको हो । धरानमा सांगीतिक कन्सर्टहरू विभिन्न समयमा भैरहेपनि कविता कन्सर्ट धरानका लागि पहिलो हो ।

विजयपुर एफएमले मंगलबार धरान-१२ महेन्द्र पथ स्थित बराह फेमली किचनमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमकाे विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा कन्सर्टकालागी अभ्यासरत सङ्गीतकारहरूको प्रस्तुतिमा सामाजिक अभियन्ता समेत रहेका राजीव हलुवाईले कविता पनि वाचन  गरेका थिए ।

कविता कन्सर्टमा टिकटका लागि १ हजार रुपैयाँ तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।