धरान : प्यालिष्टेनी विद्रोही समूह हमासले इजरायल माथि अचानक गरेको गरेको हमलामा इरानको समर्थन भएको जनाएको छ । बिबिसीले एक समाचार अनुसार हमासको प्रवक्ताले बिबिसीलाई इजरायल माथि गरिएको अचानकको हमलामा उसको सहयोगी राष्ट्र इरानको समर्थन प्राप्त छ भनी बताएका छन् ।

हमासको आक्रमणमा २५० इजरायलीको मृत्यु भएको छ । इजरायलको जवाफी हमलामा गाजपट्टीमा २३० जनाको मृत्यु भएको छ । इजरायलले गाजामा थप हमला गर्ने पूर्व जानकारी दिँदै त्यहाँका सात इलाकामा सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ । इजरायली प्रधानमन्त्री नेतान्याहुले हमासको हमलाको बदला लिने चेतावनी दिएका छन् ।

इजरायलले उसको किबुज बेरी टिभी च्यानलका बन्धकहरूलाई मुक्त गराएको छ । इजारायती डिफेन्स फार्सेज आइडिएफले जनाए अनुसार इजरायलको २२ ठाउँमा इजरायली सेना विद्रोही समूह हमाससँग सङ्घर्ष गर्दै छ । सेनाका अनुसार दुई ठाउँमा सर्वसाधारण नागरिकलाई बन्धकको अवस्थामा राखिएको पुष्टि भएको छ ।

इजरायली सेनका अनुसार ओफाकिम र बेरी भन्ने दुई ठाउँमा सुरक्षा बल र हमास समूह बिच गोली हानाहान जारी छ । यसमा इजरायली सेनाको मृत्यु भएको पुष्टि गरिएतापनि सङ्ख्या बताइएको छैन ।

यसैबिच अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिंकमनले वेस्ट बैङ्कमा शान्ति र स्थिरता स्थापना गर्न अपिल गरेका छन् । उनले प्यालेष्ट्यानका राष्ट्रपति महमुद अब्बाससँग कुराकानी पनि गरे । साउदी अरबले प्यालिस्टाइन र इजरायल बिचको सङ्घर्ष तुरुन्त रोक्न अपिल गरेको छ ।