धरान : युवा कवि सुदीप पाख्रिनको कविता सङ्ग्रह ‘दगुरिहिँड्ने चौबाटो’को दाश्रो संस्करण भारतका सिलीगुढी स्थित हाम्रो किताब घरबाट प्रकाशित भएको छ । 

गत: आइतबार १५ अक्टोबरका दिन सिलीगुढीको सालबारी स्थित दी ट्विन्स क्याफेमा साहित्यिक जमघट बिच कवि पाख्रिनको दोस्रो संस्करणका विमोचन गरिएको छ । साहित्यकारहरू मोहन ठकुरी, ज्ञानेन्द्र खतिवडा, उर्मिला घिसिङ, बबिता मादेन र देविका मंग्रान्तिहरूले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा कवि पाख्रिनले कवितालाई न्यान दिन आफूले सक्दो प्रयास गरेको बताए । सही अवसरमा कविसँग रुवाइया सर्जक कुशल राईले संवाद गरेका थिए ।

कवि पाख्रिनले भने,‘‘मलाई कुनै पनि कुरा कल्पना र ज्ञानभन्दा पर बुझ्न नसक्ने भन्ने लाग्दैन, त्यो तपाईँले ग्रहण गर्ने क्षमता कति निर्माण गर्नुभएको छ, यसमा भर पर्छ, ।’ संवादअघि उनले ‘मावल’ र ‘उपहार नानीहरूलाई’ कविता वाचन गरे ।

नेपालबाट कविहरू चन्द्र गुरुङ, राजेश विद्रोही र अमित थेबेको कार्यक्रममा सहभागी थिए । उपन्यासकार छुदेन काबिमो, कविहरू डा.ज्ञानेन्द्र यक्सो, निरज थापा, सुरज गुरुङ, विशाल नाल्वो, कालु रणपहेली पनि सहभागी थिए ।

हाम्रो किताब घरका संस्थापक, कवि छेवाङ योञ्जनले सञ्चालन गरेको कार्यक्रममा लेखा राईले अतिथिहरूलाई स्वागत गरेकी थिइन । घरको स्थापना सन २०२१ मा भएको हो ।

सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कथा सङ्ग्रहमा ३८ कविताहरू छन् । अढाई दशकदेखि कविता लेखनमा क्रियाशील कवि पाख्रिनको विमोचित कविता सङ्ग्रहको पहिलो संस्करण सन् २०१६ मा प्रकाशित भएको थियो । त्यस अघि उनको पहिलो कविता कृति ‘आदिम मौनता’ प्रकाशित छ ।

पख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहको नेपाल बाहिर रहेका नेपाली भाषी क्षेत्रका पाठकहरूबाट माग माग भएपछि दोस्रो संस्करण प्रकाशित भएको किताब घरका संस्थापक योञ्जनले बताए ।