धरान : किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देवेश राईको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीत किसन राई अफिसियलबाट भिडियो सार्वजनिक भएको हो ।

भीमफेदी गाईजका निर्मल कुमार लामा (बिजी)ले निर्देशन गरेको गीतको भिडियोमा एलिसा राई, निर्मल कुमार लामा, मन्जित वाईबा, अन्जान मोक्तान कान्छा र गायक किसनको अभिनय छ । सेवा रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियलबाट सार्वजनिक गरिएको हो ।

पवन सुस्लिङको छायाङ्कन, सम्पादन र कलरिङ रहेको भिडियोमा डोल्मोको सौन्दर्ययता र जीवनशैलीलाई मन पराउने भिन्न भिन्न उमेर समूहका युवाहरूको डोल्मोप्रतिको आकर्षणलाई विषय बस्तु बनाइएको छ ।

गायक किसन राई बेलायत (गोर्खा) सेनामा विगत लामो समयदेखि सेवारत छन्, उनको पहिलो गीति एल्बम (JOON) सन् 2004 मा बजारमा निकालेको थियो । गायक बेलायतमा बिभिन्न साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नको साथै सामाजिक काममा अभियन्ताको रूपमा पनि सक्रिय छन् ।