धरान : डिपो स्कुलको फुटबल मैदानमा जारी १८ औ ललित अम्वर डिपो कपको तेस्रो दिन आइतबार भएको प्रतिस्पर्धामा एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्डबुद्ध स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा एक्वाले माउन्ट हर्मनलाइ २-१ गोलले पराजित गर्‍यो । यसैगरी बराह राइजिङले प्रभात स्कुललाई २-१ गोलले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गर्‍यो ।

दिल्ली पब्लिकले विष्णु स्कुललाई ३-० र लर्डबुद्धले समिट स्कुललाई ५-० गोलको फराकिलो  अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।

पहिलो खेलमा एक्वा स्कुलका एलिस राई र रिदम श्रेष्ठले र माउन्ट हर्मनका नवदिप राईले १ गोल गरे । दोस्रो खेलमा बराह राइजिङका सुबोध कटुवाल र शिशिर कार्कीले १-१ गोल गरे भने प्रभात स्कुलका आशिष् राईले गोल गरे ।

तेस्रो खेलमा दिल्ली पब्लिकका आरव श्रेष्ठ, रोहन लिम्बू र सार्थक खवासले १-१ गोल गरे । तेस्रो खेलमा लर्ड बुद्धका प्रज्वल श्रेष्ठले २ गोल र सुशान्त भुजेल, स्वास्तिक कटुवाल र बिवन चौधरीले १-१ गोल गरे ।

तेस्रो तिनको खेलमा माउन्ट हर्मनका नवदिप राई, प्रभात स्कुलका दिसन बराइली, विष्णु मेमोरियलका सोबित लिम्बू र समिट स्कुलका हर्षित जैन म्यान अफ द म्याच घोषित भए । उनीहरूलाई डिपो स्कुल  व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लिम्बुले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

भोली सोमवार पहिलो क्वाटर फाइनल खेल हिमशिखर तरहरा र नेपाल पुलिस स्कुल, दोस्रो क्वाटर फाइनल खेल देउराली चिल्ड्रेन र मेरिल्यायाण्ड स्कुल बिच हुने आयोजक डिपो स्कुलले जनाएको छ ।

dEPOT-Cup-Day3-KapuriNews2