धरान : डिपो स्कुलको आयोजनामा सञ्चालन भइरहेको १८ औँ ललित अम्बर डिपो कपमा मङ्गलवार भएको क्वाटरफाइनल खेलमा एक्वा स्कुल र लर्ड बुद्ध स्कुल विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।

मङ्गलवार भएको क्वाटर फाइनल खेलमा एक्वा स्कुलले दिल्ली पब्लिक स्कुललाई २-१ र लर्ड बुद्ध स्कुलले बराह राइजिङ स्टार स्कुललाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

पहिलो खेलमा एक्वाका एनिस राई र निसान चौधरीले गोल गरे भने दिल्ली पब्लिकका सार्थक खवासले पेलाल्टी मार्फत गोल गर्दै एक गोल फर्काएका थिए । उक्त खेलमा दिल्ली पब्लिकका सार्थक खवस म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा लर्ड बुद्धका कृष चौधरी र सुशान्त भुजेलले १/१ गोल गरे । सो खेलमा  बराहा राइजिङका गोलकिपर साम्गेन तामाङ म्यान द म्याच घोषित भए ।

यसैगरी डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित दिलकुमार प्लेट च्याम्पियन तर्फ मङ्गलवार भएको खेलमा प्रभात स्कुलले माउन्ट हर्मनलाइ ४-० र विष्णु स्कुलले समिट स्कुललाई ट्राईबेकरमा ३-० गोल अन्तरले पराजित गरे । पहिलो खेलमा प्रभातका आशिष् राईले आफैले चारै गोल गरे । दोस्रो खेलमा ट्राईबेकरमा सक्षम थापा, दिवेश लिम्बू र रोनिलहाङ राईले गोल गरे ।

भोलिको पहिलो सेमिफाइनल खेल पुलिस स्कुल र एक्वा सेकन्डरी स्कुल र दोस्रो सेमिफाइनल खेल देउराली चिल्ड्रेन एकेडेमी र लर्ड बुद्ध स्कुल बिच हुनेछ । हिमशिखर स्कुल तरहराले प्रतियोगिताको नियम भन्दा बाहिरको खेलाडी खेलाइएको पाए पछि नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका हुन ।

सोमबार नेपाल पुलिस र हिमशिखर बिचको खेल सकिए पछि हिमशिखर स्कुलले प्रतियोगिता नियम भन्दा बाहिरका खेलाडी खेलाएको भन्दै पुलिस स्कुलले आयोजकलाई निबेदन दिएका थिए । सोही आधारमा आयोजकले छानबिन गर्दा नियम बाहिरका खेलाडी सहभागी गराइएको पाए पछि हिमशिखर स्कुललाई प्रतियोगिताबाट निलम्बन गर्दै नेपाल पुलिस स्कुललाई विजयी घोषित गरिएको आयोजकले जनाएको छ । नेपाल पुलिस स्कुल र हिमशिखर स्कुल बिच भएको खेलमा हिमशिखर स्कुल १-० गोल अन्तरले विजयी भएको थियो