धरान : पराग बचत तथा ऋण सहकारी संस्थाको ११ औ साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार कुल गत: आर्थिक वर्षमा १ करोड १५ लाख ५५ हजार १ सय ८७ रुपैयाँको कारोबार गरेको छ । संस्थाको  कुल शेयर पुँजी २५ लाख ४७ हजार १ सय रुपैयाँ छ ।

शनिवार भएको साधारण सभामा प्रमुख अतिथि जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारी नीति नियम अनुसार सञ्चालन गरे कहिले घाटामा नजाने बताए । उनले सहकारी ऐन २०७४ ले सञ्चालक सदस्यहरूलाई सहकारी प्रति बफदार र समर्पित भएर सहकारी सञ्चालन गर्न आग्रह गरेका छन् ।

विशेष अतिथि जिल्ला सहकारी कोषाध्यक्ष लक्ष्मी प्रधानले आर्थिक मन्दिको प्रभावको कारण सहकारीहरूले समयमा भुक्तानी दिन नसक्दा सहकारीमा अफवाह फैलिएको बताए । सहकारीले लगानी गरेको ऋणको सावा र ब्याज उठ्न नसकेकोले सहकारी डुबेको बताउँदै सबै सहकारीलाई एकै कोणबाट हेर्न नहुने बताए ।

२०६८ साल देखि बिधिवत सुरुवात भएको पराग बचत तथा ऋण सहकारीले गएको आर्थिक वर्षको कुल आम्दानी ४ लाख ९५ हजार ४ सय ४६ रुपैयाँ रहेको बताइएको छ । साधारण सभामा संस्थापक अध्यक्ष रूपक श्रेष्ठ, वरुण सहकारीका म्यानेजर ईन्द्र रिजाल, पानस बचतका विजय अछामी, थिर बहादुर श्रेष्ठ ,भुपाल रानामगर लगायत उपस्थित थिए ।

सभाको सभापतित्व पानस बचत तथा ऋण सहकारीका अध्यक्ष  लीला प्रधानले गरेका थिए । कार्यक्रम  सञ्चालन दुर्गा प्रसाद रिमालले गरेका थिए ।