धरान : नेपाल सांस्कृतिक विविधता, भेषभुषा, रहन सहन, भाषा आदी मात्र नभएर परिकार संस्कृतिमा पनि त्यति नै धनी छ । परिकार कला, परिकार संस्कृतिको परिवेशलाई टेलिभिजनको पर्दामा नौलो कार्यक्रम सञ्चालनमा गर्दै आएको छ । कान्तिपुर टेलिभिजनमा शुक्रवार राती ९ बजे  ‘सेफ नेपाल’ खाना पकाउने कला र खाना पकाउने कलाकारहरू बिचको प्रतिस्पर्धात्मक कार्यक्रम हो ।

नेपालकै पहिलो पकाउने, चखाउने, र उत्कृष्ट प्रस्तुति दिने प्रतिस्पर्धामा प्रस्तुतिकर्ता लागेका हुन्छन् । धेरै टिभी रियालीटी शोहरु एक पछि अर्को गरी टेलिभिजनहरूमा आइरहेका छन् । सेफ नेपाल देशकै पहिलो फुड रियालिटी शो भएको दाबी यस निर्माता धर्मराज पाण्डेले गरेका छन् ।

नेपालमा ३ दर्जन भन्दा धेरै टेलिभिजन च्यानल छन् । पत्रकारिताको क्षेत्र ठुलो छ । तर टेलिभिजन या पत्रपत्रीकाले नेपाली खानाको कार्यक्रम गरेको पाइँदैन । निर्माता पाण्डे भन्छन् ‘परिकार पत्रकारिताको अवधारणा नै नभएको र परिकारलाई मनोरञ्जन विधामा कसैले राखेको पाइन्न ।’

उनले भने ‘हामीलाई यो शो एक मनोरञ्जनात्मक कार्यक्रम हो भनेर दर्शक माझ पुर्‍याउन धेरै अप्ठेरो भएको छ, परिकार मनोरञ्जन बारे बुझेर लेखिदिने कोही रहेनछन् ।’ निर्माता धर्मराज पाण्डेको भनाइ धेरै हद सम्म सही पनि हो ।

टेलिभिजनका समाचारहरू राजनीति केन्द्रित हुने गर्दछन् । मानव जीवनको प्रमुख आवश्यकता खानाको विषय खासै समाचारको विषय बनेका छैन । पकाउने कार्य पनि एक कला हो तर यो कला बारे हामी तेती चर्चा पनि गर्दैनौ । खाना हाम्रो जीवनसँग जोडिएको छ ।

जीवन शैली र रहन सहन सँग जोडिएको छ । संस्कृति र धर्म सँग जोडिएको छ । भौगोलिक विविधता सँग जोडिएको छ । पर्यटन र अर्थतन्त्र सँग पनि जोडिएको छ । पाण्डेले भने ‘तर सञ्चार माध्यम सँग भने खाना जोडिन नसकेको गुनासो छ ।’

निर्माता पाण्डे करिब १६ वर्ष देखी विभिन्न पेशामा संलग्न रही पर्यटन र अतिथि सत्कार उद्योगलाई नजिक देखी नियालेको अनुभव सुनाउँछन् । नेपाली परिकार उद्योगमा विकास नै नभएको र खानामा देखिनु पर्ने कलाकारिता उजागर हुन सकेको छैन । निर्माता पाण्डे विदेशको जस्तै परिकार कला सम्बन्धी शो नेपालमा पनि गर्ने कोसिस गरेको अनुभव पनि उनी सुनाउँछन् ।

उनले भने ‘मैले २०१६ मा मास्टर सेफको फ्रेञ्चाइज नेपालमा ल्याउन चाहेको थिए ।’ तर नेपाली बजार सानो भएकोले त्यस्तो शो अहिले पनि गर्न असम्भव रहेको उनले बताए । त्यसैले नेपालको आफ्नै शो सेफ नेपालको परिकल्पना गरिएको उनी बताउँछन् ।

सेफ नेपालको पहिलो संस्करण पाककलाका सौखिनहरू माझको प्रतिस्पर्धात्मक शोको रूपमा तय  गरिएको छ । जम्मा १८ भागमा प्रसारण हुने कार्यक्रमको १३ भाग प्रसारण भइसकेको छ । अनलाइन अडिसन लिएर प्रतिस्पर्धा सहभागी गराइएको छ । कार्यक्रममा छनौट गरिएका १०० प्रतिस्पर्धी प्रत्यक्ष अडिसन गरी सहभागी गराइएका हो ।

प्रत्यक्ष अडिसनमा प्रतिस्पर्धिहरुले सेफ नेपालकै स्टुडियोमा खाना बनाइ निर्णायकहरू मास्टर सेफ सन्तोष साह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीलाई आफ्नो स्वाद चखाएका थिए । अडिसन राउण्डबाट २४ जना छनोट भए । अहिले उत्कृष्ट १० पाककलाको प्रतिस्पर्धामा छन् । नेपालमा पहिलो फुड रियालिटी शो र पहिलो उत्कृष्ट १० प्रतिस्पर्धी दिएर टिभी मनोरञ्जनको विधामा नयाँ आयाम थपिएको छ ।

परिकार पत्रकारिताको पनि महत्त्व छ, समाचारको प्रभाव आफ्नै ठाउँमा छ । कुरा भने मनोरञ्जन लिने विषयमा केन्द्रित गर्दा धर्मराज पाण्डेको निर्माणमा बनेको धर्म पिक्चर्सको प्रस्तुति नेपालको पहिले फुड रियालिटी टिभी शो सेफ नेपाल हेर्नै पर्ने शो हो ।

chef 2