धरान : नेपाल स्काउट, कोसी प्रदेश स्काउट युवा परिषद् अध्यक्षमा किरण बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । उनको अध्यक्षतामा ११ सदस्यीय युवा परिषद् निर्विरोध निर्वाचित भएको हो ।

सदस्यहरूमा नवीना मङग्राती, विदिशा भट्टराई, निश्चल श्रेष्ठ, तनिष्क थापा, मिलन पुरी, अभिषेक सार्की, रञ्जना राई, जानुका अधिकारी, इन्दिरा खतिवडा र प्रिती साह छन् ।

नेपाल स्काउट कोसी प्रदेशको आयोजनामा भएको बुधवार भएको भेलामा प्रदेशका ५३ युवाहरूको सहभागिता थियो । स्काउट युवा परिषद्को निर्विरोध निर्वाचन गरेको हो ।

भेलाले प्रादेशिक स्काउट राष्ट्रिय युवा मञ्चका लागि रञ्जना राई, आयुशा राजवंशी, मनिष खत्री, विपुल लोहार, गौरव खतिवडा, सौगात बस्नेत, प्रह्लाद राजवंशी, अपेक्षा श्रेष्ठ, लक्ष्मी थापा, वन्दना खनाल, विदिशा भट्टराई र किरण बुढाथोकी छनोट गरेको छ ।

युवा परिषद्का निर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति सदस्य विजेन्द्र ध्वजुले शपथ गराएका थिए । प्रदेश तदर्थ समिति संयोजक रवि खनाल, सदस्य हेमन्त भण्डारी, युवा मञ्च राष्ट्रिय आयोजना समतिका संयोजक देवराज घिमिरे उपस्थित थिए ।

सार्थ राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय, सदस्यता वृद्धि अधिकृत सुजित महर्जन, प्रदेश अधिकृत नवराज घिमिरे, जिल्ला युवा समिति मोरङ अध्यक्ष सन्तोष घिमिरे सहितको उपस्थिति थियो ।