धरान : धरानमा प्रकृतिपुजक लिम्बु समुदायले मनाउने चासोक तङनाम सांस्कृतिक उत्सव आज देखी सुरु भएको छ ।
पाँच दिन सम्म सञ्चालन हुने सांस्कृतिक उत्सवको पुर्वसन्ध्यामा धरानको छाता चोकबाट झाँकी सहितको र्याली निकालिइएको छ । र्याली पुरानो हस्पिटलबाट छाताचौक भानुचोक हुँदै धरान-१५ स्थित चुम्लुङ हिम भवन पुगेर औपचारिक कार्यक्रममा परिणत हुने भएको छ ।
चासोक सांस्कृतिक उत्सव उद्घाटनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कार्यक्रमको प्रमुख अतिथि रहेका छन् ।