धरान : तत्काल विद्युत सप्लाई बन्द हुँदा प्रयोग गरिने आपूर्तिको वैकल्पिक प्रविधि इन्भर्टर र ब्याट्री सम्बन्धी धरानका इलेक्ट्रीसियनहरुलाई मङ्गलवार एक दिने अनुशिक्षण दिइएको छ ।

नेपालको विद्युत उत्पादनमा उल्लेख्य सुधार भए पनि अनिश्चित विद्युत कटौतीका बेला घर, कार्यालय, बैङ्क तथा वित्तीय संस्था, अस्पताल र स्वास्थ्य ल्याबमा आवश्यक इन्भर्टर र ब्याट्रीको बारेमा उनीहरूलाई अनुशिक्षण दिइएको हो ।

अनुशिक्षण कार्यक्रम पछिल्लो समय बजारमा आएको नयाँ मोडेलका लुमिनस इन्भर्टर र ब्याट्रीहरूका पावर ब्याकअप सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालीले आयोजना गरेको हो । इलेक्ट्रीसियनहरुलाई प्राविधिक ज्ञानका साथै नयाँ उत्पादनको मार्केटिङ बारेमा पनि छलफल गरिएको थियो ।

अमट्रेड प्रालिका मार्केटिङ प्रमुख उत्सव कर्माचार्यले इलेक्ट्रिशियनहरू तालिम, छलफलमा सहभागी हुँदा दक्षता वृद्धि हुने र ग्राहकहरूलाई राम्रो सेवाहरू, सुझाव प्रदान गर्न सक्ने सीप हासिल गर्ने बताए ।

सर्भिस प्रमुख पुनिक राज बज्राचार्यले लुमिनस इन्भर्टर र ब्याट्रीहरूको बारेमा प्राविधिक ज्ञान अभिवृद्धि गराउनका सहजीकरण गरेका थिए । उनले हिजोआज इन्भर्टर र ब्याट्रीको गुणस्तरबारे जानकारी नहुँदा असर पनि पर्न सक्ने भएकाले लुमिनस ब्रान्ड विकल्पमा आएको बताए ।

लुमिनसको धरानका आधिकारिक विक्रेता सिद्धिबाबा ट्रेड एण्ड सप्लायर्सका सञ्चालक सुमन श्रेष्ठले धरानका स्थानीय इलेक्ट्रीशियनहरुलाई इस्किल डेभलपमेन्ट तालिम प्रदान गरेकोमा आफूले अत्यन्तै खुसी लागेको बताए । उनले लुमिनस ब्याट्री, इन्भटरमा कुनै समस्या आएमा कम्पनीले तत्काल मर्मत गर्ने प्रतिबद्धता जनाए ।

luminas news 2