विराटनगर : किशोरीहरू माथि हुनसक्ने लैङ्गिक हिंसाका घट्नामा आत्मरक्षाका लागि विराटनगर महानगरपालिकाले मार्शल आर्ट सम्बन्धी ३ दिने तालिम बुधवार देखी सुरु गरेको छ ।

उपमेयर शिल्पा निराला कार्कीले तालिम उद्घाटन गर्दै आत्मरक्षा तालिम लिएपछि किशोरीहरूमा आत्मविश्वास बढ्नुका साथै यौनजन्य हिंसाबाट बच्न सकिने बताइन् । आत्मरक्षाको तालिमले परिआएको बेला प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो ।

विराटनगरलाई तीन खण्डमा विभाजन गरेर तालिम दिइनेछ । उत्तरमा पोखरिया, मध्य क्षेत्रको आदर्श र दक्षिणी क्षेत्रको मिल्स माविलाई केन्द्र बनाएर तालिम दिइने महानगरकी शैक्षिक अधिकृत तारा शर्माले जानकारी दिइन् ।

उनका अनुसार पहिलो चरणमा तालिममा सामुदायिक, संस्थागत र धार्मिक ६० विद्यालयका कक्षा ६ देखि १२ सम्मका १५५ जना किशोरीहरूको तालिममा सहभागी छन् ।

उनीहरूलाई मार्सल आर्ट्सका प्रशिक्षक सहित विषयविज्ञहरुले आत्मरक्षासम्बन्धी तालिम दिनेछन् । बालअधिकार, यौनजन्य हिंसा, हेपाई, तनाव, मार्सल आर्ट्सका विधिहरू सिकाइनेछ ।